लाइसेन्स नलिई घरजग्गा कारोबार गरे कारबाही

२५ लाख रुपैयाँसम्म जरिबाना वा ६ महिनासम्म कैदको व्यवस्था गरिएको मालपोत ऐनको विधेयक प्रतिनिधिसभबाट पारित

367B408218B985F-icon.png
259views
F18CA9C4E84354D-0E42CB17CE284F9-BF4F6DDD67FB03E-BF54A001C3657E0-2C53261CDEEE605-9F83C43B4F139A7-Ghar-Jagga-final.jpg

काठमाडौं । सरकारसँग लाइसेन्स नलिई घरजग्गा कारोबार नपाइने भएको छ । लाइसेन्स नलिई घरजग्गा कारोबार गर्न नपाइने गरी मालपोत ऐन संशोधन सम्बन्धी विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित भएको हो ।

संसदले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ । उक्त विधेयकमार्फत मालपोत ऐन संशोधन गरिएको हो ।

सरकारले तोकेको क्षेत्रमा तथा सरकारले तोकेको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । संशोधित विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि बल्ल लागु हुनेछ ।

मालपोत ऐन संशोधन विधेयकमा नयाँ ऐनमा प्राकृतिक व्यक्तिले आपसी सहमतिमा गर्ने खरिद बिक्रीबाहेक सबै घरजग्गा सम्बन्धी कारोबारको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । 

प्राकृतिक व्यक्तिले आपसी सहमतिमा घरजग्गा कारोबार गर्न भने इजाजतपत्र दिनुनपर्ने व्यवस्था विधेयकमा छ । 

कसैले इजाजतपत्र नलिई घरजग्गा करोबार गरेमा कारोबारको बिगो खुलेकोमा बिगो बमोजिम र बिगो नखुलेकोमा २५ लाख रुपैयाँसम्म जरिबाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । 

राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

डिजिटल घर नम्बर प्लेट प्रणाली ‘कताहो’ सुरु, यस्ता छन् युनिक फिचरहरु

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे कारबाही

६ महिनामा पौने ३३ अर्ब व्यक्तिगत आवासीय कर्जा प्रवाह

बुढानिलकण्ठमा ३२ करोडसम्मको घर बिक्रीमा

नुन बेच्‍ने साल्ट ट्रेडिङले घर बनाएर बिक्री गर्दै, यस्तो हुनेछन् भूकम्प प्रतिरोधी घर

4AD97C431B6596F-Tea-state.jpg

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय

3DF22108BC87EE6-111.jpg

नापजाँच भएर पनि छुटपुट भएकाे जग्गा दर्ता गर्न खुला