६ महिनामा पौने ३३ अर्ब व्यक्तिगत आवासीय कर्जा प्रवाह

गत आवको पहिलो ६ महिनामा व्यक्तिगत आवासीय घरकर्जा १० अर्ब ७६ करोड रुपैयाँ प्रभाव भएको थियो । यस वर्ष व्यक्तिगत आवासीय घरजग्गा तीन गुनाले बढेको देखिन्छ ।

367B408218B985F-icon.png
211views
F0A2262281C9A1D-17F7790832FE5A3-B5A428CDB560DAE-Home-Loan-final.jpg

काठमाडौं । कमर्सियल रियल इस्टेटमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह सुस्त देखिए पनि व्यक्तिगत आवासीय घरकर्जा भने बढ्न थालेको छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ३२ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ आवासीय व्यक्तिगत घरकर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । यो कर्जा रकम ०८० असार मसान्तको तुलनामा ९.४ प्रतिशतले बढी हो ।

गत आवको पहिलो ६ महिनामा व्यक्तिगत आवासीय घरकर्जा १० अर्ब ७६ करोड रुपैयाँ प्रभाव भएको थियो । यस वर्ष व्यक्तिगत आवासीय घरजग्गामा बैंकको कर्जा लगानी तीन गुनाभन्दा बढीले बढेको देखिन्छ ।

अधिकतम दुई करोड रुपैयाँसम्मको घरकर्जालाई आवासीय व्यक्तिगत घरकर्जामा गणना गरिँदै आएको छ । त्यसभन्दा माथिको कर्जा रकम रियल इस्टेट कर्जामा गणना हुने गर्छ । तर, ६ महिनामा रियल इस्टेट शिर्षकमा प्रवाह भएको रकम १.८ प्रतिशतले ऋणात्मक देखिएको छ ।

६ महिनाको अवधिमा रियल इस्टेट कर्जा चार अर्ब ४१ करोड रुपैयाँले ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्यांक छ । नयाँ कर्जा लगानी हुन नसकेकै कारण रियल इस्टेट कर्जा ऋणात्मक देखिएको हो । पछिल्लो समयमा रियल इस्टेट क्षेत्रमा बैंकको नयाँ कर्जा लगानीभन्दा पुरानो कर्जा असुली ज्यादा भइरहेको तथ्यांकले स्पष्ट देखाउँछ ।

बैंक तथा वित्तीय संस्थाहरु कर्जा असुलीमा आक्रमक भइरहेका छन् । हरेक दिनजसो धितो लिलामी र कर्जा भुक्तानी गर्न आउने सार्वजनिक सूचनाले पत्रपत्रिकाका पाना भरिएको देखिन्छ ।

रियल इस्टेट शिर्षकमा प्रवाह भएको कर्जामध्ये तीन अर्ब तीन करोड रुपैयाँ रेसिडेन्सियल रियल इस्टेट (व्यक्तिगत आवासीय कर्जा बाहेक) मा प्रवाह भएको देखिन्छ । यस्तै, कमर्सियल प्रयोजनको जग्गा खरिद तथा प्लटिङमा बैंकले ६ महिनामा चार अर्ब सात करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यस अवधिमा कमर्सियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण, आम्दानी सिर्जना गर्ने कमर्सियल कम्पलेक्सलगायत क्षेत्रमा प्रवाह हुने नयाँ कर्जाभन्दा पुरानो कर्जा असुली बढी हुँदा समग्रमा रियल इस्टेट कर्जा घटेको देखिएको हो ।

६ महिनामा कर्जा प्रवाह कमर्सियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा एक अर्ब ८५ करोड, आम्दानी सिर्जना गर्ने कमर्सियल कम्पलेक्समा एक अर्ब ६२ करोड, अन्य रियल इस्टेट शिर्षकमा तीन अर्ब ९७ करोड रुपैयाँ ऋणात्मक देखिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

डिजिटल घर नम्बर प्लेट प्रणाली ‘कताहो’ सुरु, यस्ता छन् युनिक फिचरहरु

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे कारबाही

६ महिनामा पौने ३३ अर्ब व्यक्तिगत आवासीय कर्जा प्रवाह

बुढानिलकण्ठमा ३२ करोडसम्मको घर बिक्रीमा

नुन बेच्‍ने साल्ट ट्रेडिङले घर बनाएर बिक्री गर्दै, यस्तो हुनेछन् भूकम्प प्रतिरोधी घर

054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

नेपालको घरजग्गा अर्थतन्त्र ९९.९७ प्रतिशत अनौपचारिक

39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

पाँच महिनामा कमर्सियल जग्गा खरिद र प्लटिङमा करिव चार अर्ब कर्जा थपियो

A27B9F7B06FBDCB-305094628_465100712300450_1264943275414418066_n.jpg

नौ महिनामा २७७ युनिट अपार्टमेन्ट बिक्री, पुसमा २८ मात्रै