बुढानिलकण्ठमा ३२ करोडसम्मको घर बिक्रीमा

कोभिड महामारी र आर्थिक मन्दीपछि महंगा पोपर्टीहरु बिक्रीमा राख्ने झनै बढेका छन् । तर, आर्थिक संकटकै कारण खरिदकर्ता भेट्याउन भने मुस्किल नै पर्छ ।

367B408218B985F-icon.png
475views
8630EE5CF4CB816-Premium Properties.jpg

काठमाडौं । एउटै घरको मूल्य ३२ करोड रुपैयाँ ! झट्ट सुन्दा आश्‍चर्य लाग्‍न सक्छ । तर, बुढानिलकण्ठमा ४० अनामा बनेको आलिसान महल (घर) बिक्रीका लागि नेपालहोम्स डटकमा लिस्टिङ भएको छ ।

काठमाडौं उपत्यकामा महंगो मूल्यका आलिसान घरहरु धेरै बिक्रीमा राखिएका छन् । अझ कोभिड महामारी र आर्थिक मन्दीपछि महंगा पोपर्टीहरु बिक्रीमा राख्‍ने झनै बढेका छन् । तर, आर्थिक संकटकै कारण खरिदकर्ता भेट्याउन भने मुस्किल नै पर्छ ।

हामीले काठमाडौं उपत्यकामा २० करोड रुपैयाँभन्दा बढी मूल्य तोकेर बिक्रीमा राखिएका पाँचवटा घरको बारेमा जानकारी गराउँदै छौं । यदि तपाईंहरु आलिसान बंग्लो खरिद गरेर बस्न चाहनुहुन्छ भने उपयुक्त विकल्प हुन सक्छन् । 

१) काठमाडौंको उत्तरी भेगमा पर्ने बुढानिलकण्ठमा ४० आना जग्गामा बनेको लक्जरीय घर बिक्रीमा राखिएको छ । दक्षिण मोहडा फर्किएको दुई तले सुविधा सम्पन्‍न आवासीय भिल्लाको मूल्य ३२ करोड रुपैयाँ तोकिएको छ ।

यस आलिसान भिल्लामा बाल्कोनी, सुन्दर बगैँचा, स्विमिङ पुललगायत सुविधाहरु रहेका छन् । भिल्लामा पाँच बेडरुम, लिभिङ, डाइनिङ, किचन, स्टोर रुमलगायत रहेका छन् । घरमा ६ वटा कार पार्किङ गर्न मिल्ने ठाउँ रहेको छ ।

२) ललितपुरको ठैवमा पाँच रोपनी क्षेत्रफलमा बनेको साढे दुई तले विलासी भिल्ला बिक्रीका लागि सूचीकृत गरिएको छ । दक्षिण मोहडा फर्किएको यस घरमा पाँच बेडरुम, हल र पाँचवटा वाथरुम रहेका छन् । यस्तै, ठूलो क्षेत्रफलको आकर्षक बगैंचा समेत छ । यस घरको बिक्री मूल्य २८ करोड रुपैयाँ तोकिएको छ ।  

३) काठमाडौंको धापासीमा तीन रोपनी क्षेत्रमा बनेको साढे दुई तले लक्जरीयस घर बिक्रीमा छ । ६ बेडरुम हलको यस आकर्षक भिल्लाको बिक्री मूल्य २५ करोड तोकिएको छ । घरमा विशाल क्षेत्रफलको आकर्षक बँगैचा रहेको छ ।

४) ललितपुरको सानेपामा २८ आना जग्गा भएको पूर्वी मोहडा फर्किएको साढे दुई तले घर बिक्रीमा छ । सुविधा सम्पन्न यस घरमा पाँच बेडरुम र हल छन् । कमर्सियल प्रयोजनमा पनि लगाउन मिल्ने घरको बिक्री मूल्य २१ करोड रुपैयाँ तोकिएको छ । 

५) काठमाडौंको बालुवाटारस्थित टुँडालदेवीको मुख्य सडकसँग जोडिएको सुविधा सम्पन्न घर बिक्रीमा राखिएको छ । २२ आना जग्गामा बनेको साढे दुई तले घरमा बिक्रीको लागि राखिएको छ । सुन्दर बगैंचासहितको यस घरको बिक्री मूल्य १९ करोड ५० लाख तोकिएको छ ।

 

राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

डिजिटल घर नम्बर प्लेट प्रणाली ‘कताहो’ सुरु, यस्ता छन् युनिक फिचरहरु

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे कारबाही

६ महिनामा पौने ३३ अर्ब व्यक्तिगत आवासीय कर्जा प्रवाह

बुढानिलकण्ठमा ३२ करोडसम्मको घर बिक्रीमा

नुन बेच्‍ने साल्ट ट्रेडिङले घर बनाएर बिक्री गर्दै, यस्तो हुनेछन् भूकम्प प्रतिरोधी घर

3DF22108BC87EE6-111.jpg

नापजाँच भएर पनि छुटपुट भएकाे जग्गा दर्ता गर्न खुला

0FF0188418D551A-pokhara-city-2.jpg

शहरी जनसंख्या बढ्दै, पुगे २७ प्रतिशत, शहरोन्मुख जनसंख्या ४० प्रतिशत

6C69A28D424DC4C-Mela .jpeg

घरजग्गा मेलामा अफरै अफर