पुसमा ४६ हजारभन्दा बढी घरजग्गा कारोबार, सवा ३ अर्ब राजश्‍व संकलन

सरकार र राष्ट्र बैंकले पनि घरजग्गा कारोबार बढाएर अर्थतन्त्र लयमा फर्काउने हरसम्भव प्रयास गरिरहेकाे देखिन्छ

367B408218B985F-icon.png
300views
0EE00F703BC5729-C3D6828D83623E1-9199197A5E88961-212671302_1028142801338692_7229898659288146269_n.jpg

काठमाडौं । देशभर मंसिर महिनाको तुलनामा पुसमा घरजग्गा कारोबार करिव ४२ सयले बढेको छ । पुसमा देशभरका मालपोत कार्यालयबाट ४६ हजार ३० घरजग्गाको लिखत पारित भएका छन् ।

मंसिरमा देशभर ४१ हजार ८५१ घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ । 

पुसमा घरजग्गा करोबार बढेपछि राजश्‍व संकलन पनि बढेर तीन अर्ब २० करोड ५२ लाख रुपैयाँ पुगेको छ । मंसिरमा दुई अर्ब ८६ करोड ५० लाख रुपैयाँ राजश्‍व संकलन भएको थियो । 

कात्तिक महिनामा देशैभर २६ हजार ४६ घरजग्गाको लिखत पारित भएको तथ्यांक छ । कात्तिकसँग तुलना गर्दा पुसको घरजग्गा कारोबार करिव २० हजारले बढी हो । 

गत आर्थिक वर्षको पुस महिनामा ३८ हजार ८७१ घरजग्गाको मात्रै लिखत पारित भएको भूमि विभागको तथ्यांक छ । 

उल्लेखित तथ्यांकले मन्दीले थला परेको घरजग्गा कारोबार क्रमशः लयमा फर्किन थालेको स्पष्ट शंकेत दिएको छ । 

सहज नीतिको सकरात्मक प्रभाव

सरकारले पनि घरजग्गा कारोबार बढाएर अर्थतन्त्र लयमा फर्काउने हरसम्भव प्रयास गरिरहेको छ । पछिल्लो समय राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा सहजीकरण गरिदिएको छ ।

साथै, बैंकिङ प्रणालीमा तरलता फालाफाल भएर बैंकले कर्जाको ब्याजदर घटाउन प्रतिस्पर्धा गर्न थालेपछि त्यसको सकरात्मक प्रभाव घरजग्गा कारोबारमा पनि पर्न थालेको देखिन्छ ।

राष्ट्र बैंकले हालै मौद्रिक नीति पहिलो त्रैमासिक समिक्षामार्फत घरजग्गा कारोबार बढाउने नीति लिएको छ । 

सरकारले कित्ताकाट पुरानै अवस्थामा खुल्ला गरिसकेको छ । राष्ट्र बैंकले पनि व्यक्तिगत आवासिय कर्जाको सिमा ५० लाख बढाएर दुई करोड पुर्याएको छ भने मौद्रिक नीतिको पछिल्लो समिक्षामार्फत घरजग्गा धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको छ ।

अब विस्तारै घरजग्गा किनबेच बढ्ने अपेक्षा व्यवसायीको छ । पुस दोस्रो साता काठमाडौंको भृकुटीमण्डपमा आयोजित आठौं घरजग्गा मेलाले पनि अब घरजग्गा कारोबार बढ्दै जाने शंकेत देखाएको छ । मेलामा अपेक्षा गरिएभन्दा बढी अवलोकनकर्ता आएका थिए । चार दिनको मेलामा चार अर्बभन्दा बढीको कारोबार समेत भएको थियो ।

बैंकमा तरलता (लगानीयोग्य रकम) बढ्नु, कर्जाको ब्याजदर घट्दै जानु, लगानीका अन्य क्षेत्रमा त्यति आकर्षण नहुनु, बैंकले पनि कर्जा प्रवाहमा सहजीकरण गर्दै जानु, सरकारले पनि घरजग्गा कारोबार बढाउने नीति लिनु, शेयर कारोबार बढ्नुले पनि घरजग्गा कारोबार बढाउन टेवा दिने विश्‍वास छ ।

पुसमा लिखत पारित, रोक्का, फुकुवा लगायत विभिन्‍न शिर्षकमा देशभरका मालपोत कार्यालयबाट एक लाख १३ हजार ८९८ सेवा प्रवाह भएका छन् । यस्तो सेवा प्रवाह मंसिरमा भने एक लाख ३६ हजारभन्दा बढी थियो ।

पुसमा ३१ ह्जार ३१० घरजग्गा रोक्का भएका छन् भने २२ हजार ३९० घरजग्गा फुकुवा भएको विभागको तथ्यांक छ । कर्जा लिनका लागि घरजग्गा बैंकको नाममा मालपोत कार्यालयमा धितो बन्धक राख्नुपर्छ भने सबै ऋण चुक्ता गरेपछि रोक्का धितो फुकुवा गरिन्छ ।

इनरुवा पहिलो, भद्रपुर दोस्रो

पुसमा सबैभन्दा धेरै घरजग्गा कारोबार गराउनेमा सुनसरीको इनरुवा मालपोत कार्यालय पहिलो हुँदा झापाको भद्रपुर मालपोत दोस्रो बनेको छ । एक महिनमाा इनरुवामा १९ सय ३७ र भद्रपुरमा १७ सय ४३ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।

यस्तै, बेलवारीमा १६ सय ५०, धनुषामा १५ सय २०, सप्तरीको राजविराजमा १२ सय ६०, महोत्तरीको जलेश्‍वरमा एक हजार ५७, सर्लाहीको मलंगवामा एक हजार ४५, कपिलवस्तुको तौलिहवामा एक हजार दुई घरजग्गाको लिखत पारित भएको भूमि विभागले जनाएको छ ।
 

राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

डिजिटल घर नम्बर प्लेट प्रणाली ‘कताहो’ सुरु, यस्ता छन् युनिक फिचरहरु

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे कारबाही

६ महिनामा पौने ३३ अर्ब व्यक्तिगत आवासीय कर्जा प्रवाह

बुढानिलकण्ठमा ३२ करोडसम्मको घर बिक्रीमा

नुन बेच्‍ने साल्ट ट्रेडिङले घर बनाएर बिक्री गर्दै, यस्तो हुनेछन् भूकम्प प्रतिरोधी घर

98E7069EBE1207D-20210116075823_Clipboard44.jpg

राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना

71DCB519601F218-unnamed (1).png

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

A27B9F7B06FBDCB-305094628_465100712300450_1264943275414418066_n.jpg

नौ महिनामा २७७ युनिट अपार्टमेन्ट बिक्री, पुसमा २८ मात्रै