नापजाँच भएर पनि छुटपुट भएकाे जग्गा दर्ता गर्न खुला

यसअघि पनि सरकारले पटक पटक छुट जग्गा दर्ता गर्न खुलाउने र बन्द गर्ने गर्दै आएकोमा पछिल्लो आठ वर्षदेखि पुरै रोक लगाएको थियो ।

367B408218B985F-icon.png
190views
3DF22108BC87EE6-111.jpg

काठमाडौं । सरकारले नापजाँच भएर पनि विभिन्‍न कारणले दर्ता गर्न छुटेको जग्गा दर्ता गर्न खुला गरेको छ । भूमि व्यवस्था मन्त्रालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेर छुटपुट जग्गा दर्ता गर्नका लागि खुला गरेको हो ।

मालपोत नियमावली, २०६३ को नियम ४ (क) को उपनियम (१०) को प्रयोजनका लागि जग्गा (नापजाँच) ऐन, २०१९ बमोजिम नाप नक्सा भएको तर दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्न चाहने सम्बन्धित (भोगचलन गरेको व्यक्ति÷परिवार) जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिन सक्ने बताइएको छ ।

यस सम्बन्धमा यसअघि नै निवेदन परी फर्छ्यौट हुन बाँकी रहेका पुराना निवेदन फर्छ्यौट गर्ने म्याद दुई वर्ष तोकेको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । 

यसअघि पनि सरकारले पटक पटक छुट जग्गा दर्ता गर्न खुलाउने र बन्द गर्ने गर्दै आएकोमा पछिल्लो आठ वर्षदेखि पुरै रोक लगाएको थियो । जसकारण जग्गाको नापजाँच भएको र भोगचलन गर्दै आएका जग्गाधनीहरू मर्कामा परेको गुनासो गर्दै आएका थिए ।

२०१९ सालमा जग्गा नापँजाच ऐन आएपछि २०२१ सालदेखि २०५५ सालसम्म देशभरी जग्गा नापँजाच गरिएको थियो । यस्तो दर्ता गर्न छुटेको जग्गा काठमाडौं उपत्यकासहित देशैभरी रहेको बताइन्छ ।


राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

डिजिटल घर नम्बर प्लेट प्रणाली ‘कताहो’ सुरु, यस्ता छन् युनिक फिचरहरु

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे कारबाही

६ महिनामा पौने ३३ अर्ब व्यक्तिगत आवासीय कर्जा प्रवाह

बुढानिलकण्ठमा ३२ करोडसम्मको घर बिक्रीमा

नुन बेच्‍ने साल्ट ट्रेडिङले घर बनाएर बिक्री गर्दै, यस्तो हुनेछन् भूकम्प प्रतिरोधी घर

054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

नेपालको घरजग्गा अर्थतन्त्र ९९.९७ प्रतिशत अनौपचारिक

A27B9F7B06FBDCB-305094628_465100712300450_1264943275414418066_n.jpg

नौ महिनामा २७७ युनिट अपार्टमेन्ट बिक्री, पुसमा २८ मात्रै

0FF0188418D551A-pokhara-city-2.jpg

शहरी जनसंख्या बढ्दै, पुगे २७ प्रतिशत, शहरोन्मुख जनसंख्या ४० प्रतिशत